ट्रेन्डिङ

जनकपुरमा किन निकालियो धोती, कुर्ता र सारी जुलुस ?

धनुषा । जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालिएको छ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले स्थानीय युवाहरुले जुलुस निकालिएको हो ।

जुलुसमा एक सय जना भन्दा बढी युवा युवतीले धोती कुर्ता तथा सारीको पहिरन लगाइ जानकी मन्दिरको परिक्रमा गरेका थिए ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुले नै जोगाउनुपर्छ भन्ने हेतुले जुलुस निकालेको सुमित जलानले बताए । उनले यसलाई अभियानकै रूपमा आफूहरूले अगाडी बढाएको बताए ।

यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको बताए । उनका अनुसार यो अभियान यसपटक प्रत्येक छठ घाटमा लैजाने अभियान छ ।

उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै