ट्रेन्डिङ

एमाले मधेस सरकारबाट बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

वीरगन्ज । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा गराएको हो ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको मुख्यमन्त्री कृष्णकुमार यादवलाई लेखिएको पत्रमा उल्लेख छ ।

एमालेले समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी चार मन्त्रीले पनि आजै मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका छन् ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकार राजनीतिक दबाबमा परेको छ ।

एमालेको समर्थन फिर्ताले प्रदेशसभामा सरकारको बहुमतको अवस्था प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै