वीरगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री मधेसीतर्फको मतगणनामा अजयकुमार चौरसियाले अग्रता कायम गरेका छन् ।
हालसम्म ४ हजार ८ सय मत गणना हुँदा चौरसियाले १ हजार १८४ मत प्राप्त गरेका छन् ।
उनलाई महेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १ हजार २६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सहमहामन्त्री मधेसीतर्फको प्रतिस्पर्धामा अभिषेक प्रताप साह तेस्रो स्थानमा छन् ।
उनले हालसम्म ८०७ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ । अहिले मतगणना जारी छ ।