ट्रेन्डिङ

वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले भन्यो – महाष्टमीसम्म बजार अनुगमन गर्नेछौँ

काठमाण्डौँ । बडा दसैँको बिदाको समयमा पनि महाष्टमीसम्म बजार अनुगमन गरिने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अष्टमीसम्म बजार अनुगमन जारी राख्ने जनाएको हो । महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार अनुगमन पूर्ण रूपमा बन्द रहने विभागको भनाइ छ ।

कर्मचारीहरू बिदामा घर जाने भएकाले बजार अनुगमन टोलीको संख्या समेत घटाइएको विभागका सूचना अधिकारी अनिल किराँतीले बताए ।

त्यसपछि पुनः नियमित अनुगमन सुरु हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै