ट्रेन्डिङ

राष्ट्रिय सभा सदस्यकालागि कांग्रेस एमालेको सर्मथनमा ठाकुरले गरे उम्मेदवारी दर्ता

जनता समाजवादी पार्टी नेपालको तर्फबाट राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

 

बुधबार जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका नेता हुन।

 

लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो।

 

दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको हो। जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।

 

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै