ट्रेन्डिङ

जेन- जी प्रदर्शन : घाइते बिरामीको उपचारमा रगत अभाव भए “१११५” मा सम्पर्क गर्न आग्रह

काठमाण्डौँ । जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारमा रगत अभाव भए “१११५” मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साेमबार भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिन र सहज उपलब्धताको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न हटलाइन “१११५” रातभर सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।

यसअघि हेल्लो स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै