ट्रेन्डिङ

ठाकुरराममा स्ववियु चुनावी सरगर्मी बढ्यो, देखियो – राजकुमार यादवको पल्ला भारी

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले स्ववियु चुनावको सरगर्मी बढेको छ ।

यही साता विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएसंगै क्याम्पसमा चुनावी सरगर्मी बढेको हो ।स्ववियु सभापतिको पदको आफ्नो पोल्टामा पार्नका लागि विद्यार्थी नेताहरुले भोट आफ्नो पक्षमा पार्न व्यस्त छन् ।

सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ । यही पद हत्याउनका लागि क्याम्पसका विद्यार्थी नेता र विद्यार्थीहरु तिब्र रुपमा चुनावी तयारीमा लागेका छन् ।स्ववियु चुनावको घोषणा भएसँगै संगठनहरुले आन्तरीक छलफलसंगै चुनावी घोषना पत्र तयारी र प्रचारप्रसारमा होमिएका छन् ।

ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा १४ जनाको उम्मेदवारी परेपनि खासगरी तीनजनाबिच कडा प्रतिस्पर्धा हुने विद्यार्थीहरु नेताहरुको आंकलन छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को किल्ला मानिने ठाकुरराम बहुमुखी क्याम्पसमा सभापति पदका लागि नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दिएका छन् ।

यसैगरी जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता, दिलिप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिपराज महतो, नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव, स्वतन्त्र युवा समुहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समुह धर्मेन्द्र साह कानु, राष्टिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादवले उम्मेदवारी दिए ।

यस्तै सुधिर पटेल समुहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दपेश कुमार साह समेतले सभापति पदमा उम्मेदवारी दर्ज गराएका छन् ।

कसले मार्ला बाजी ?

ठाकुराम क्याम्पसमा १६ वर्षपछि स्ववियु सभापति पदका लागि निर्वाचन हुँदैछ । जानकार अनुसार त्यसकारण धेरै विद्यार्थीहरु आकाङ्क्षी भएका छन् ।मूलतः यहीकारणले दर्जन भन्दा बढी उम्मेदवारी सभापति पदमै परेको छ । ठाकुरराम क्याम्पसमा अहिलेसम्म कांग्रेस निकटकै विद्यार्थी नेता जितेको इतिहास छ ।

तर यो वर्ष भने नेविसंघको पोल्टमा सभापति पद नजाने विद्यार्थी नेताहरुको विश्लेषण छ । यो वर्ष खासगरी नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव र समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीबिच कडा प्रतिस्पर्धा हुने विद्यार्थी नेताहरुको विश्लेषण छ ।

यसको पछाडि तीन कारण छन् । पहिलो कारणमा यी दुइवटै विद्यार्थी नेताहरुले क्याम्पसमा विहानको समयदेखि लिएर बेलुकाको कक्षासम्म विद्यार्थीहरुको समस्या समाधान हल गर्दै आइरहेका छन् । दोस्रोमा क्याम्पसका कर्मचारीहरुसंग सम्बन्ध पनि यी नेताहरुको बलियो छ ।

तेस्रो नम्बरमा शिक्षकसंग पनि यी विद्यार्थी नेताहरुको सम्बन्ध बलियो र विद्यार्थीहरुको काममा त्यसरी सहयोग गराउने गरेका छन् । जुनकारणले योपटकको चुनावी नतिजा यी विद्यार्थीहरुको पोल्टामा पर्ने उच्च सम्भावना छ ।

को बढी बलियो ?

अबको तीन दिन पछाडि हुने चुनाव हुँदैछ । कुन उम्मेदवार बढी बलियो ? यो प्रश्न आफैमा गम्भीर छ । जानकारका अनुसार ठाकुरराम क्याम्पसमा जहिले पनि नेविसंघको अर्को उम्मेदवार जित्ने गरेको इतिहास छ ।

समूहमा कस्ता उम्मेदवार छन्, कतिको समावेशी छ ? कतिको विद्यार्थीमा पकड ? त्यसमा भर पर्छ । त्यस मानेमा यो वर्षका उम्मेदवारहरुमध्ये नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव बलियो देखिएका छन् ।

एक विद्यार्थी नेताका अनुसार उनको चुनावी टिममा समावेशी उम्मेदवार छन्, क्याम्पसमा पढ्ने विद्यार्थीहरुको साथ छ। त्यति मात्रै होइन उनी ३६५ दिन क्याम्पसमा बिताउने गरेको बताइन्छ । जुनकारण उनको विकल्प नरहेको विद्यार्थी नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै