ट्रेन्डिङ

२२ लाखको गाडीमा कसैले गरेनन् हकदाबी, प्रहरीले किन बुझायो वीरगन्ज भन्सारलाई ?

वीरगन्ज । कसैले आफ्नो सवारीसाधन भएको दाबी नगरेपछि २२ लाख मूल्य बराबरको चार पाङ्ग्रे गाडी वीरगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

पर्सा प्रहरीले नियन्त्रणमा लिएका दुइवटा भारतीय नम्बरको गाडी कसैले पनि हक दाबी गर्न नआउँदा थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय बुझाएको हो ।

सोमबार वीरगन्जको इनर्वाबाट भारतीय नम्बर उल्लेख रहेको बोलेरो र मारुती सुजुकी गाडी बरामद भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले बताए ।

उनका अनुसार बेवारिसे फेला परेका उक्त गाडीको हक दाबीको लागि प्रहरीले जानकारी गराएको थियो, तर कोही पनि नआएपछि थप कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै