वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पूजाका अवसरमा सोमबार वीरगन्ज आउने भएका छन् ।
छठ पर्वका अवसरमा सर्लाही पुग्न लागेका सभापति थापा त्यहाँका विभिन्न छठघाटको अवलोकनपछि वीरगन्ज आउने कार्यक्रम तय भएको हो ।
कांग्रेस सचिवालयका अनुसार थापा सोमबार बिहान वीरगन्जस्थित सबेरेको छठघाट पुग्नेछन् ।
सभापति थापाका स्वकीय सचिव सबिनबाबु मुडवरीका अनुसार सर्लाहीमा छठघाटमा पूजाआजा गरेपछि वीरगन्ज पुग्ने कार्यतालिका बनाइएको छ ।
उनले थापा सोमबार बिहान सबेरेको घाटमा आउने कार्यक्रम रहेको जानकारी दिए ।