ट्रेन्डिङ

पटका पडकाउँदा पर्सामा ५ वर्षीय नाबालकको मृत्यु

वीरगन्ज । पटका पडकाउँदा पर्सामा आज एक नाबालकको मृत्यु भएको छ ।

जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान दीपावलीको पटका पडकाउँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पटाका पड्काउने क्रममा जलेर नाबालकको मृत्यु भएको हो ।

पकाहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको उनले बताए ।
इन्सपेक्टर अर्यालका अनुसार पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो, जलेर बेहोस भएका थिए ।

त्यसपछि उपचारका लागि उनलाइ वीरगन्जस्थित तराइ अस्पतालमा भर्ना गरिएको प्रहरी बताउछ ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै