काठमाडौं । राजावादी समर्थकहरूले त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडि राजावादी समर्थकहरूले त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु गरेका हुन ।
प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् ।
त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाइरहेका छन् ।
प्रदर्शनका कारण त्रिभुवन विमानस्थल खासपासका क्षेत्रको यातायात अवरुद्ध बनेको छ । प्रहरीले प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरिरहेको छ ।
कुनै आयोजकको ब्यानर नरहेको भिडमा उपस्थितहरुले राष्ट्रिय झण्डा बोकेका छन् । प्रहरीले विमानस्थलको गेटबाट पस्न कडाइ गरेपछि नारावाजी सुरु भएको हो ।
विभिन्न स्थानबाट काठमाडौंका राजावादी कार्यकर्ताहरु त्रिभुवन विमानस्थल पुग्दैछन् ।