ट्रेन्डिङ

जनमत पार्टीको केन्द्रिय कार्यसमितिको बैठक मधेस प्रदेशमा सुरु, के–के छन् एजेन्डा ?

महोत्तरी । जनमत पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आजदेख मधेस प्रदेशमा सुरु भएको छ ।

मधेस प्रदेशको बर्दिबासस्थित पावन मिथिला होटलमा बैठक सुरु भएको हो ।

जनमत पार्टीको केन्द्रिय सचिवालयको निर्णयानुसार केन्द्रिय समितिको बैठक आइतबारदेखि सुरु भएको हो ।

मधेसको प्रदेश महोत्तरी जिल्लाको बर्दिबासमा जनमत पार्टीको दुइदिने कार्यसमितिको बैठक चल्ने पार्टी प्रवक्ता शरद सिंह यादवले बताए ।

उनका अनुसार आजदेखि सुरु भएको बैठक सोमबारसम्म चल्नेछ । केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि मधेस प्रदेश

समन्वय समितिकोको बैठक चल्ने कार्यतालिका रहेको जनाइएको छ ।

संगठनको सबलीकरन, नौलो गणतन्त्रको कार्यान्वयन र संघीयताको बारेमा विशेष छलफल चलाइने जनमत पार्टी प्रवक्ता यादवले बताए ।

यो साथै देशको समसामयिक परिस्थितिको बारेमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै