ट्रेन्डिङ

वीरगन्जका मेयर सिंहलाई लक्षित गर्दै राप्रपा सांसद जैसवालले भनिन्– घण्टाघर तपाईहरुको ‘बाप’ को हो, हामीले कार्यक्रम नै गर्न नपाउने

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना जैसवालले घण्टाघरमा आफ्नो कार्यक्रम गर्न नदिएको भन्दै महानगरप्रति आक्रोश पोखेकी छन् ।
राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राप्रपा पर्साले वीरगन्जको रातो बंगलामा संयुक्तरुपमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै सांसद जैसवालले महानगरका मेयर राजेशमान सिंह लक्षित आक्रोश पोखेकी हुन ।

उनले भनिन्, ‘हामी ३÷४ दिनदेखि घण्टाघरमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागिरहेका थियौं, पत्र पनि कति पटक लिएर गयौं । तर हाम्रो पार्टीको कार्यक्रम घण्टाघरमा गर्न दिइएन । त्यसकारण आज हाम्रो कार्यक्रम लालबंगलामा भइरहेको छ ।’

उनका अनुसार धेरै पटक महानगरसंग हारगुहार गरेपनि कार्यक्रम गर्न दिइएन ।

समारोहलाई सम्बोधन गर्दै सांसद जैसवालले भनिन, ‘वीरगन्ज तपाईंहरुको बापको हो ? तपाईहरुले भनेअनुसार, तपाइहरुको इच्छाअनुसार यहाँ काम हुन्छ । यो हाम्रो शहर पनि हो, हामी सबैको हो ।’

महानगरको मेयरसहित नेततव्प्रति आरोप लगाउदा मेयर सिंह भने कार्यालयबाहिर रहेको बुझिएको छ ।

सांसद जैसवालले देशमा धेरै लुटतन्त्र मौलाउदै गइरहेको जनाउँदै गर्दै भनिन, ‘हामी देशलाई लुटतन्त्रबाट बचाउनको लागि, भ्रष्टचारमुक्त गर्नका लागि राजाको समर्थनमा आएका हौं ।’

यही फाागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको भिडिओ सन्देश दिएका थिए ।

उक्त भिडिओ सन्देशपछि अहिले देशभरिमा राप्रपासहित राजाावादी समर्थकहरुले विरोध सभा तथा जुलुस प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै