ट्रेन्डिङ

रौतहटमा एमाले, कांग्रेस, आजपा परित्याग गरी तीन सय बढीले गरे नेकपा माओवादी केन्द्रमा प्रवेश

रौतहट ।रौतहटमा विभिन्न पार्टी परित्याग गरी तीन सय जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा गढीमाई नगरपालिका-९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लाल्बहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरू माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

अभियानअन्तर्गत आज रौतहटको लौकाहमा सभा हुँदै छ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै