ट्रेन्डिङ

सर्लाहीबाट प्रचण्डले भने– जनताको समस्या घरमै गएर बुझ्नको लागि अभियान थालिएको हो

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको समस्या घरमै गएर बुझ्नको लागि अभियान सुरु गरेको बताएका छन् ।

तराइ–मधेस जागरण अभियान कार्यक्रम अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको बैठकको हामीले आत्म समीक्षा गरेर केही निष्कर्ष निकालेको स्मरण गरे । त्यही समीक्षाको बैठकको निर्णय अनुसार हामीले हुलाकी राजमार्गका जनताको समस्या बुझन् अभियानको थालनी गरेको उनको भनाइ छ ।

यही जनतासँग माओवादी, तराई –मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको उनको दाबी छ ।

मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए ।

मधेसी जनताले भोगेको विभेद र अपमान मदेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको उनको प्रष्टोक्ति छ ।

झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै