ट्रेन्डिङ

महोत्तरीस्थित मेयर बालेनको घरमा पुगेर प्रचण्डले के–के बोले ?

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले जनतासँग माओवादी तराई मधेश जागरण अभियान कार्यक्रममा हिडिरहेका छन् ।

यो सिलसिलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुख्र्यौली घरमा पुगेका छन् ।

महोत्तरी एकडारा गाउँपालिका–२ मा रहेको बालेनको पुख्र्यौली घरमा माओवादीले एक कार्यक्रम आयोजना गरेको थियो ।

आयोजित माओवादीको जागरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो महशुस भएको सुनाएका छन् ।

यहाँ पुगेर अध्यक्ष प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

‘बालेन साहको पुख्र्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला, उनले भने, ‘तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’

जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उल्ट्याउने प्रयास भइरहेको उनको दाबी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै