ट्रेन्डिङ

बारामा सुधार केन्द्रमा मृत्यु भएपछि पर्सा प्रहरीले लियो सञ्चालकहरुसंग ‘ब्रिफिङ’, एसपी मिश्रले भने– नीतिविपरीत सञ्चालन रहेका केन्द्रहरुलाई कारबाही गरिनेछ

वीरगन्ज । छिमेकी जिल्ला बारामा सुधार केन्द्रमा भएको कुटपिटले युवकको मृत्यु भएपछि पर्सा प्रहरीले सतर्कता अपनाएको छ ।

पर्सा प्रहरीले आफ्नो जिल्लामा त्यस्तो घटना हुन नदिनका लागि पुनःस्थापना केन्द्रका सञ्चालक एवम् प्रतिनिधहरुसंग छलफल गरेको छ । सोबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रम राखेर पुनःस्थापना केन्द्रका सञ्चालक एवम् प्रतिनिधहरुसंग अन्तरक्रिया गरेको हो ।

छलफल कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्रले पुनःस्थापना केन्द्रका अवस्था एवम् सेवा साधनको बारेमा ‘ब्रिफिङ’ लिएका छन् ।‘ब्रिफिङ’ लिँदै पर्सा प्रहरीका प्रमुख मिश्रले पुनःस्थापना केन्द्रहरुलाई सावधानी अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा एसपी मिश्रले भनेका छन्, ‘तपाइँहरु जे भनेर सञ्चालन गर्नु भएको छ त्यो छ कि नाइ ? यदि छैन भने अनुमति लिँदा भने अनुसार तुरुन्त व्यवस्थापन गर्नुहोला । नत्रभने नियमविपरीत सञ्चालन रहेका सुधार केन्द्रमा अनुगमन गरेर कडा कारबाही गरिनेछ ।’

प्रहरी प्रमुख मिश्रले सञ्चालित सुधार केन्द्रमा सुरक्षाको अवस्था तथा भर्ना रहेका लागु औषध दुव्र्यसनीहरुको मानसिक अवस्थाबारे जानकारी लिएका थिए ।अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चालक एवम् प्रतिनिधिहरुले नीति नियम अनुसार सुधार केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

पर्सामा १० वटा सुधार केन्द्र दर्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सबै सुधार केन्द्रमा गरेर १३० जना लागु औषध दुव्र्यसनी भर्ना रहेको जनाइएको छ ।

सुधार केन्द्रभित्रको शारीरिक यातनाले लागु औषध दुव्र्यसनीको मृत्यु भएपछि सुधार केन्द्रहरुको निकै आलोचना भइरहेको छ ।

चियाँ पसलदेखि सञ्जालका भित्ताहरुमा सुधार केन्द्रका गतिविधिबारे आलोचना भइरहेका छन् ।

पर्सा जिल्लामा पनि त्यस्तो घटना नहोस भन्दै सुरक्षा सतर्कता अपनाउनका लागि छलफल कार्यक्रम राखिएको प्रहरी प्रमुख मिश्र बताउँछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै