जनकपुर । मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले प्रदेशमा रहेका खेलकुद मैदानको सूचनाबारे जानकारी दिन सर्वसाधारणसंग अपील गरेका छन् ।
खेलकुद तथा सामाज कल्याण मन्त्री जैसवालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै यस्तो जानकारी दिन आह्वान गरेक हुन ।
आफ्नो फेसबुक पेजमार्फत उनले १२० मिटर लम्बाइ र चौडाइ भएको खेलकुद मैदानबारे जानकारी दिन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो प्रदेशभित्र १२०×१२० मिटर लम्बाइ र चौडाइ भएको खेलकुद मैदान कहाँकहाँ छन ? कृपया ७ दिन सूचना दिइ सहयोग गर्नुहोला ।’

उनका अनुसार प्रदेशभित्र रहेका यस्ता मैदानहरुलाई व्यवस्थित गर्नका लागि खेलकुद मन्त्रालयले तयारी गरिरहेको छ ।
‘त्यहीकारणले सबैसंग जानकारी लिनका लागि सामाजिक सञ्जालमा सूचना राखेको हुँ,’ उनले भने ।
प्रदेशमा रहेका यो मापदण्डको खेलकुद मैदानबारे सूचना आउनेको उनको आंकलन छ ।
जति बढी सूचना आयो त्यो अनुसार खेलकुद मैदानको विकास गर्ने आफ्नो तयारी रहेको मधेससञ्चारसंगको कुराकानीमा उनले जनाए ।