ट्रेन्डिङ

सहकार्यको वातावरण बनाउन मधेसकेन्द्रित दलले गर्‍यो कार्यदल गठन

काठमाण्डौँ । मधेसकेन्द्रित ८ दलले सबै सम्मिलित कार्यदल गठन गरेको छ । सहकार्यको वातावरण बनाउन तथा मोर्चालाई थप बलियो बनाउन कार्यदल गठन गरेका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाउने निर्णय भएको हो ।

बैठकले जनता समाजवादी पार्टी (जसपा) इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह रहेको कार्यदल गठन गरेको हो ।

उक्त कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा तयार पार्ने, आगामी बैठकको संयोजन गर्ने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्नेछ ।

बैठकमा साझा धारणा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा सबै दल एकमत रहेको राष्ट्रिय मुक्ति मोचौका नेता केशव झाले जानकारी गराए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै