वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साको छैठौँ अधिवेशन सम्पन्न भएको छ । वीरगन्जको होटल क्लासिक बेंङक्विटमा शुक्रबार अधिवेशन सम्पन्न भएको हो ।
सो अवसरमा शिवनाथ यादवको अध्यक्षतामा १७ सदस्सीय समिति गठन गरिएको छ । जसको उपाध्यक्ष पदमा कृष्णमोहन साह तथा समिना रञ्जितकार चयन भएका छन् ।
यसैगरी सचिवमा अजित भुजेल, सहसचिव बिदुर गौतम र रञ्जित यादव तथा कोषाध्यक्षमा संजित गिरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा रितेन्द्र झा, माधव तिमल्सिना, दीपेन्द्र साह, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, बिशाल पटेल, संजोग गिरी र सन्तोष कुशवाहा छन् ।
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारहरुको हकहितमा काम गर्ने र उनीहरुलाई पत्रकारीता क्षेत्रमा अब्बल बनाउने एक मात्र संगठन प्रेस सेन्टर रहेको दाबी गरे ।
हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट पर्सामा आफ्नो पार्टीको उम्मेदवार बिजयी भएको स्मरण गराउँदै उनले आगामी दिनमा यहाँबाट अब्बल पत्रकार उत्पादन गर्न पत्रकार महासंघ पर्साले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।