ट्रेन्डिङ

पाँच महिना देखि बिग्रीएको सडक लाईटमा पुगेन कसैको ध्यान, दुर्घटनाको उच्च जोखिममा सवारीसाधन

बीरगन्ज । बीरगन्जको बाइपास रोडमा लगाइएको ट्राफिक लाइट (क्याट आइ) लामो समयदेखि बिग्रिएको छ ।

करिब पाँच महिनादेखि बाइपास रोडमा राखिएको ‘क्याट आइ’ लाइट बिग्रिएको सडक बिभाग कार्यालय हेटौँडाले जनाएको छ ।

क्याट आइ लाइट बिग्रिदा सवारीसाधन गुडाउनमा समस्या भइरहेको चालकहरुको गुनासो छ ।

विशेषगरी चिसोको मौसममा हुस्सुले सडक ढाक्ने हुनाले बत्ती नबल्दा समस्या हुने गरेको सवारी चालकको गुनासो छ ।

बीरगन्जदेखि काठमाण्डौँ चल्ने बसका चालक नवीन थापाले रात्रीकालिन समयमा क्याट आइ लाइट नहुँदा समस्या आइरहेको सुनाए ।

उनी भन्छन्, ‘बत्ती बिग्रिदाँ सडक नै अलमलिने हुन्छ, बिहान त ठिकै हो राती गाडी चलाउँदा निकै सुस्त गतिमा चलाउनु पर्ने बाध्य छ । तर के गर्ने ? हामीले भनेर के हुन्छ, हाम्रो गुनासो कसले सुन्ने ? गुनासो को सुनुवाई नै हुँदैन । त्यहिकारण जे छ, त्यसैमा काम चलाउ गरेका छौँ ।’

‘ट्राफिक प्रहरीले लाइसेन्स, ब्लूबुक त चेक गर्न भ्याउँछन्, तर यस्ता कुरामा उनीहरुको ध्यान किन जाँदैन, ? उनले प्रश्न गर्दै भने, ‘हरेक पटक सवारी दुर्घटनामा पर्दा चालकहरुको लापरबाही देखाइन्छ, तर यहाँ कसैको ध्यान जाँदैन । बत्ती नहुँदा सवारी दुर्घटनाको सम्भावना उच्च रहन्छ, तरपनि यो मर्मतर्फ कसैको ध्यान जाँदैन ।’


रजतजयन्ती चोकदेखि गण्डक बहुवरी चोकसम्मको बाटो करिब ७ दशमलव ७ किलोमिटरको दूरीमा छ ।

यो सडकखण्डमा १८ सयदेखि २ हजार (क्याटआई) अर्थात् सोलार एस्टड बत्ती जडान गरिएको छ ।

तर उक्त बत्तीहरु अहिले पूरै बिग्रिएको अवस्थामा रहेको सडक बिभाग कार्यालय हेटौँडाका इन्जिनियर रन्जीत साह बताउँछन् ।

उनका अनुसार बाइपास रोडको किनारमा लगाइएको लाइटमाथि हेभी सवारीसाधनसहित अन्य सवारी पार्किङ्ग गर्दा बिग्रिएको हो ।

बाइपास रोड, लिङ्करोड, ड्राइपोर्ट सडक लगायतका स्थानमा लगाइएको सोलार एस्टर्ड लाइटको अवस्था दयनीय बनेको उनको पनि स्वीकारोक्ति छ ।

कसरी भयो क्षतिग्रस्त ?

बीरगन्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको अधिकांस बत्ती प्रयोगविहिन बनेको छ । १० टन क्षमता रहेको सोलार एस्टड लाइटमा १५ देखि २० टनका ठुला तथा साना गाडीहरु गुड्दा क्याट आइ लाइट बिग्रिन गएको सडक विभागको अनुमान छ ।

भारतको दिल्लीबाट ल्याईएको उक्त लाईटको बजार मूल्य ११ देखि १२ सयसम्म पर्ने गरेको छ ।

यस विषयमा प्रतिक्रिया लिँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले महंगो मूल्य तिरेर जडान गरिएका क्याट आइ लाइट नहुँदा दुर्घटनाको जोखिम उच्च रहने बताए ।

उनका अनुसार यसले सवारी चालकहरुमा धेरै असर पु¥याउँछ । त्यसकारण जोखिम कम गर्नका लागि बिग्रेको लाइट तत्काल मर्मत गर्नुपर्ने जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै