सभापति लामिछानेलाई पूनः म्याद थपेर राजनीनिक प्रतिशोध साँध्न खोजे अनशन बस्छौ : रास्वपा

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टी सभापति लामिछनेलाई राजनीतिक पूर्वाग्रह राखेर म्याद थप गर्ने षड्यन्त्र गरेको भन्दै त्यसको बिरोधमा ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।

सहकारी ठगी प्रकरण छानविन गर्न बनेको उच्चस्तरीय संसदीय छानविन समितिको प्रतिवेदनको खिालाफ हुने गरि आफ्ना सभापतिलाई पटकपटक म्याद थप गरेको षडयन्त्रको विरोधमा रास्वपा पर्साले सरकारको ध्यानाकर्षण गराएको पार्टीका पर्सा संयोजक हरि पन्तले बताए ।

पन्त नेतृत्वको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउदै सरकारको कदमविरुद्ध सचेत गराएको हो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सरकारले पुनः म्याद थपेर राजनीतिक प्रतिशोध साँध्न खोजे आफूहरु अनशनमा बस्ने उनले चेतावनी समेत दिएका छन् ।

त्यसअघि पन्त नेतृत्वको टोलीले जुलुस सहित प्रदर्शन गरेको थियो । वीरगन्जको क्लासिक ब्यांक्वेटबाट निकालिएको जुलुसले नगरपरिक्रमा गर्दै घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै