ट्रेन्डिङ

वीरगन्जमा आत्मरक्षा तालिम : रेडक्रस सोसाइटीको आयोजनामा एक दिने प्राथमिक उपचार शिविर

वीरगन्ज । वीरगन्ज आर्दशनगरस्थित आत्मरक्षा तालिममा प्राथमिक उपचार शिविरको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजनामा बुधबार एक दिने प्राथमिक उपचार शिविर आयोजना गरिएको हो ।

शिविरमा रेडक्रस सोसाइटी पर्साका स्वयम्सेवकहरुले सेवा उपलब्ध गराएका थिए । वीरगन्ज महानगरले आयोजना गरेको बालिका, किशोरी तथा महिलाहरुको आत्मरक्षा कार्यक्रममा’ झण्डै १४ हजार जनाको उपस्थिती रहेको छ । प्रशिक्षणका क्रममा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष कुमार गुप्ताले बताए ।

उनका अनुसार तालिममा छात्रा तथा महिलाहरुलाई चोटपटक लागेमा फस्ट एड सम्बनिध उपचार सेवा प्रदान गरिएको छ । शिविरमार्फत २ जना बालिकाहरुको उपचार समेत गरिएको छ ।

शिविरमा रेडक्रस सोसाइटी वीरगन्ज शाखाकी मिना क्षेत्री, रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह, मुस्कान साह, मनिषा राउत, सौम्या मण्डल लगायतले सेवा दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै