ट्रेन्डिङ

 शिक्षकमाथि गोली चलाएको घटनामा सर्लाहीका एकजना पक्राउ

सिन्धुली । शिक्षकमाथि गोली चलाएको घटनामा प्रहरीले सर्लाहीका एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नम्बर ७ तुफानपुर निवासी ३० वर्षका परमानन्द भन्ने बिजयनन्दन ठाकुर रहेका छन् । उनलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

ठाकुरमाथि गत आइतबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी-१ मा मकवानपुरका शिक्षक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको आरोप छ ।

गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै