ट्रेन्डिङ

लामिछानेलाई बोकेको जहाज भैरहवा अवतरण, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिइने

काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा ल्याइएको छ ।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो ।

बिहान पौने ८ बजे को फ्लाइटमा पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसक्दा लामिछानेलाई केही घण्टा ढिलो भैरहवा ल्याइएको हो ।

मौसममा सुधार भएपछि बुद्ध एअरबाट भर्खरै भैरहवा ल्याइएका लामिछानेलाई लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पु¥याएर बयान लिइने रुपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले बताइन् ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै