![](https://madheshsanchar.com/wp-content/uploads/2024/11/Rabi-lamichhane-flight-bhairawaha.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोकेको जहाज पोखराबाट भैरवा एयरपोर्टका लागि उडेको छ।
भिजिबिलिटी नपुगेका कारण कास्की एयरपोर्ट पोखरामै अड्किएका रविलाई बोकेको जहाज केही बेरअघि भैरहवाका लागि उडेको हो ।
सम्भावित विरोधलाई पनि ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रविलई बिहान ५ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको थियो ।
तर गौतमबुद्ध विमानस्थल भैरहवाको भिजिबिलिटी कम हुँदा लामिछानेलाई पाँच घण्टा पोखरा एयरपोर्टमा राखेपछि केहीबेरअघि लगिएको हो ।
भैरवामा भिजिबिलिटी नभएका कारण प्रहरीले लामिछानेलाई कास्कीमै राखेको थियो । अहिले रविसहितका यात्रु बोकेको जहाज भैरहवाका लागि उडेको रास्वपा प्रवक्ता मनिष झाले बताए ।