पर्साबाट झण्डै ८६ लाख मूल्यका सामानसहित ट्रक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले झण्डै ८६ लाख मूल्यका सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकबाट ट्रक नियन्त्रणमा लिएको हो ।

ना ६ ख ५५१ नम्बरको ट्रकमा भन्सार छलीका सामानहरु बरामद भएकोले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जनाए । वीरगन्जबाट कैलालीका लागि छुटेको उक्त ट्रकमा बिल बिजकभन्दा बढीका खुद्रा तथा औषधीहरु पक्राउ गरेको उनले बताए ।

ट्रकमा लोड रहेका सामानको मूल्यांकन ८५ लाख ७० हजार २४० रुपैँया कायम गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै