वीरगन्ज । मकवानपुर प्रहरीले डेढ सय किलोग्राम भन्दा बढी लागु औषध गाँजासहित १ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा प्रहरीले हेटौँडा–१९ नेवारपानीबाट लागु औषध गाँजासहित १ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षका किरण वाग्ले रहेका छन् ।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई भारी परिमाणमा लागु औषध गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । पूर्व पश्चिम लोकमार्गस्थित सडकखण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको योद्धा पिकअप गाडीलाई रोकेर जाँच गरेको थियो ।
सोही क्रममा गाडीको पछाडी भागमा खाली प्लाष्टिकको क्रेटहरु मुनी लुकाइछिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार प्रहरीले एकसय ६२ किलो ५८० ग्राम लागु औषध गाँजा फेला पारेको हो ।
गाडीसहित पक्राउ परेकालाई जिल्ला अदालत हेटौँडाबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।