मेची–महाकाली उद्दार यात्रा : दुइ सय ९ जना सडक आश्रित मानवको उद्दार

काठमाण्डौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत दुइ सय ९ जनाको उद्दार गरिएको छ । २८ दिनसम्मको अवधिमा २ सय ९ जनाको उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ ।

यात्राका क्रममा आज काठमाडौँका विभिन्न स्थानबाट ८ जना सडकआश्रित मानवहरु उद्धार गरिएको छ । आज उद्धार गरिएका एक जना महिलासहित ८ जनालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि अभियान सुरु भएको थियो । अभियानको २८ औँ दिन काठमाडौँमा पुग्दा २ सय ९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताए ।

मेची– महाकाली उद्धार यात्रामा ९ जना बालबालिका, १६२ जना पुरुष र ४७ जना महिलाको उद्दार गरिएको उनले जानकारी दिए ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

राष्ट्रिय उद्धार टोली आज काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा सेवाका लागि खटिएको हो ।

यस्तै उद्धार टोलीले भोली पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकआश्रित मानवहरुको उद्धारमा खटिने अधिकारीले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै