ट्रेन्डिङ

सिन्धुलीको हरिहरपुरमा प्रधानाध्यापकमाथि गोली प्रहार

सिन्धुली । सिन्धुलीको हरिहरपुरमा एक जनामाथि गोली प्रहार भएको छ । बागमती गाउँपालिका वडा नम्बर १ निवासी प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको हो ।

बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । मकवानपुरबाट सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका–६ स्थित हप्सेमा आइतबार साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

३ जनाको समूहमा गएका अज्ञात समूहले प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सवार बोम्जनमाथि गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीका डिएसपी अनिल कुमार खड्काका अनुसार उनीहरुले बोम्जनलाई रोकेर कट्टा समेत प्रहार गरेका थिए । बोम्जनलाई गोली प्रहार गरेलगत्तै तीनै जना फरार भएका थिए ।

बोम्जनसँगै पछाडी सवार उनका भाइ दिल बहादुर बोम्जन भने सुरक्षित रहेका प्रहरी बताउँछ ।

गोली प्रहारबाट बोम्जनको गाला छेडिएको छ । गोली बोम्जनको दाँतमा अड्किएको उनको भनाई छ ।

घाइते उनको सर्लाहीस्थित मोडल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जको वयोधा अस्पतालमा ल्याइएको छ ।

बोम्जनको अवस्था सामान्य रहेको र गोली प्रहार गर्नेहरुको खोजी कार्य तीव्र पारिएको सिन्धुली प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै