महोत्तरी । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते हुने भएको छ । महाधिवेशन महोत्तरीको बर्दिबासमा हुने भएको हो ।
साधारण सभा र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यतालिका तय भएको छ ।
महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुने जनाइएको छ ।
महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।