
काठमाण्डौँ । १९ वर्षमुनिको महिला विश्वकपको एसिया छनोटमा नेपाल पराजित भएको छ । नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो ।
युएइको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन मात्र बनायो ।
त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रनको बनाएको थियो ।
जीतसँगै युएई तीन खेलमा तीन अङ्गसाथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल समान खेलमा चार अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ ।
१९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।