ट्रेन्डिङ

कानुन विपरीत कार्य गर्ने जोसुकैलाई अनुसन्धानको दायरमा ल्याउनुपर्छ : गगन थापा

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत कार्य गर्ने जोसुकैलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

कानुनविपरीत कार्य गर्ने सबै कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनले बताएका हुन् ।

जन्म जयन्तीको अवसरमा स्व. गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले लेखेका छन्, ‘‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ ।’

गल्ती गर्नेले सजाय भोग्नुपर्ने, सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्नेमा उनको जोड छ ।

सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै