काठमाण्डौँ । यू–१९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोली यूएईले एक सय २३ रनको लक्ष्य दिएको छ ।
युएईको अजमानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएइले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २२ रन बनायो ।
छनोट खेलमा नेपाल र युएईको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल र युएईले जीत हासिल गरेका छन् । बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्यो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ ।
१९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।