बलुचिस्तानको रेलवे स्टेशनमा बम बिस्फोट, २१ जनाको मृत्यु

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानस्थित रेलवे स्टेशनमा बम बिस्फोट भएको छ । क्वेटा सहरको रेलवे स्टेसनमा आज बिहान बम विस्फोट भएको हो ।

बम विस्फोटमा परी २१ ज्नाको ज्यान गइसकेको छ । यस्तै घटनामा हालसम्म कम्तीमा ४६ जना घाइते भएका जनाइएको छ । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो । उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए,’ घटनाबारे जानकारी गराउँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भनेका छन् ।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ । यसैबिच बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।

बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै