कुस्तीले मधेशको संस्कृतिलाई अंगालेको छ : प्रदीप यादव

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले कुस्ती खेलको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । कुुस्ती खेलले मधेसको इतिहास तथा संस्कृतिलाई अंगालेको भन्दै मन्त्री यादवले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनरवास्थित महाविर मन्दिरमा आयोजित विराट कुस्ती प्रतियोगीताको उद्दघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनका अनुसार साहस प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च हो ।

उनी भन्छन्, ‘कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको छ । यो प्रतियोगीता साहस, संयम, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च समेत हो जस्तो मलाइ लाग्छ ।’

कुस्ती प्रतियोगीता मनोरञ्जनको माध्यम मात्र नभएर, मधेशको पहिचान र अस्मितासँग जोडिएको बताउँदै मन्त्री यादवले यसलाई संरक्षण गरेर भावी पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको औँल्याए । उनले कुस्ती खेलको प्रवद्र्धन गर्दै स्थानीय खेलाडीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेकोप्रति आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै