‘ब्रेन डेथ’ भएका मानिसको अंग दान गर्दा थप एक लाख दिने सरकारको तयारी

काठमाण्डौँ । सरकारले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका मानिसको अंग दान गर्दा थप एक लाख रुपैँया दिने तयारी गरेको छ । संघ सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थप एक लाख रुपैँया दिने निर्णय गर्ने तयारी गरेको जनाएका छन् ।

मस्तिष्क मृत्युबाट हुने अंग दान सम्बन्धी जनचेतना फैलाउन योजना अघि सार्दै सरकारले मस्तिष्क मृत्यु भएका आफन्तलाई दुई लाख दिने तयारी गरेको उनले बताए ।

त्यसैगरी, मस्तिष्क मृत्यु भएको सूचना दिने अस्पताललाई ७५ हजार दिइनेछ। ‘यसो गर्दा हामीलाई आवश्यकता अनुसार अंग संकलन गर्न सहज हुनेछं,’ मन्त्री पौडेलले भने, ‘जसले अंग लिनका लागि नाम स्वीकृत गरेको छ, त्यस्ता व्यक्तिलाई प्राथमिकतामा राख्छौं।’

उक्त निर्णय स्वास्थ्य मन्त्रालयले शुक्रबार गर्दै छ । नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ ।

मुटु, फोक्सो, प्यांक्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुनसकेको छैन । सरकारले मानव अंग प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

हाल मानव अंग प्रत्यारोपण केन्द्रले १ लाख दिँदै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै