तराइको संस्कृतिबारे छोरीलाई जानकारी गराउन कांग्रेस महामन्त्री थापा मनाउँदैछन् मधेसमा छठ

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापा तराइको संस्कृतिबारे परिवारलाई जानकारी गराउन छठ पर्व मनाउन लागेका छन् ।

खासगरी छोरीद्वयलाई तराइको संस्कृतिबारे नजिकबाट बुझाउन छठ पर्व मनाउन लागेका हुन् । यो वर्षको छठ पर्व मनाउन कांग्रेस महामन्त्री थापा स–परिवार मधेश झरेका छन् । तराइ/मधेशको महान पर्व छठ मनाउन कांग्रेस महामन्त्री एवम् सांसद थापा मधेश आइपुगेका हुन् ।

मधेशका दुइ प्रमुख सहरमा महामन्त्री थापाको छठ पर्व मनाउने कार्यतालिका छ । मधेस राजधानी जनकपुर र आर्थिक नगरी वीरगन्जमा महामन्त्री थापाले छठ पर्व मनाउने छन् । साँझ जनकपुरमा छठ पूजाको अर्घ दिएर महामन्त्री थापा राती नै वीरगन्ज पुग्ने कार्यतालिका रहेको थापाको सचिवालयले जनाएको छ ।

महामन्त्री थापाले तराईको पर्वलाई अझ नजिकबाट बुझ्नका लागि यो वर्ष मधेश आइपुगेको बताए । उनले भने, ‘मैले नै १०÷११ वर्ष पहिला कमल पोखरीमा छठ पर्व मनाउन सुरु गर्न लगाएका हुँ, त्यसबेला त्यहाँ मनाउदै आइरहेका थिए । तर यो वर्ष स–परिवार तराइँमा कसरी छठ पर्व मनाइन्छ ? त्यो नजिकबाट बुझ्न मधेश आइपुगेका हौं ।’

उनका अनुसार खासगरी छोरीसहित स–परिवारलाई मधेशको संस्कृतिको बारेमा नजिकबाट बुझाउनका छठ पर्व मनाउन तराइ आइपुगिएको हो । महामन्त्री थापा बुवाआमासहित दुइवटै छोरी र श्रीमतीसंगै बुधबार जनकपुर आइपुगेका हुन ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । यही मुख्य दिन कांग्रेस महामन्त्री थापाले जनकपुरस्थित गंगासागरमा अर्घ दिनेछन् । त्यसपछि उनी वीरगन्जमा आउने कार्यक्रम तय रहेको थापा सचिवालयले जनाएको छ ।

महामन्त्री थापाका स्वकीय सचिव सबिन मुडभरीका अनुसार महामन्त्रीज्यू आज साँझमा गंगासागरमा अर्घ दिनेछन्, भोली (शुक्रबार) विहान वीरगन्जको घडिअर्वामा छठ पूजा गर्ने तालिका तय छ । तराइँको ठूलो पर्वलाई नजिकबाट बुझ्नका लागि यो वर्ष तराइँमा पुगेर छठ पर्व मनाउन लागिएको स्वकीय सचिव मुडभरीको भनाइ छ ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेको स्टाट्सबाट पनि उनको छठ पर्वको श्रद्धाबारे बुझ्न सकिने अवस्था रहेको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सूर्य देवक कृपा सभ पर रहए, सुख, शान्ति, समृद्धि आ आरोग्यक प्राप्ति ओअ । अहाँ आ अहाँक परिवार के छठ पर्व के बुहत शुभकामना ।’ मैथिली भाषामा यो स्टाट्स लेख्दै थापाले सबैलाई छठ पर्वको शुभकामना दिएका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै