वीरगन्ज । सर्लाहीबाट प्रहरीले २५ वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कोडैना वडा नम्बर १ बस्ने राकेश कुमार साह रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सुन्दरपुरसमेतबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाइ पक्राउ गरेको हो ।
उनलाइ सोही गाउँपालिकाको लक्ष्मीपुरबाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए । उनबा अनुसार पक्राउ परेकामाथि जिल्ला अदालत मंलगवाले २५ वर्ष कैद र १ लाख रुपैँयाको जरिवाना तोकेको छ ।
उनीमाथि कोडैना-१ बस्ने शत्रोहन भन्ने शत्रुघन राउत कुर्मीको हत्या गरेको आरोपमा अदालतले सजाय सुनाएको प्रहरी बताउँछ ।