ट्रेन्डिङ

वीरगन्जमा छठको चहलपहल (फोटोफिचर)

वीरगन्ज । छठ पर्व सुरु भएलगत्तै पर्सासहित तराई मधेशका नागरिकहरु छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त छन् ।

लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिन अर्थात् आजदेखि छठ पर्व विधिवत् रूपमा आरम्भ भएको छ ।

वीरगन्ज बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड देखिएको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरीद गर्नेको पनि भिडभाड हुने गरेको छ।

यसैगरी वीरगन्ज बजारस्थितका कपडा पसलहरुमा समेत भिड देखिएको छ ।

वीरगन्जमा छठको किनमेलका लागि बजारमा देखिएको चहलपहल

(तस्विर : बिशाल पटेल)

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै