सप्तरी । त्रियुगा नदीमा सोमबार बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । नदीमा बेपत्ता ८ वर्षीया काजल कुमारी खङ्गुको शव मंगलबार फेला परेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाने क्रममा मंगलबार दिउँसो साढे १ बजे कञ्चनरुप नगरपालिका वडा नं ४ स्थितबाट शव बरामद गरेको हो ।
मृतक बालिकाको शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो संगै त्रियुगा नदीमा डुुबेमा तीनै जना बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो नदीमा नुहाउन गएका ५ जना बालिकाहरु केराको बोटबाट बनाइएको डुङ्गाबाट चिप्लिएर पानीमा डुुबेका थिए ।
उनीहरुमध्ये २ जना बालिकाको तत्कालै उद्दार गरिएको थियो । भने थप दुइ जनालाई प्रहरीले अचेत अवस्थामा फेला पारी गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेको थियो ।
उपचारकै क्रममा उनीहरु दुई जनाको समेत सोमबार राती नै ज्यान गइसकेको छ ।