बारा । बाराको निजगढ नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । सोमबार दिउँसो नगरपालिकाको वडा नम्बर ९ भमरा पुल नजिकै बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका हुन् ।
जनकपुरबाट नारायघाटका लागि छुटेको ना ५ ख ८८०२ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
उक्त बसमा ३८ जना सवार रहेका बारा प्रहरीका प्रमुख महेन्द्र खड्काले बताए ।
को-को छन् घाइते हुनेहरुमा ?
१.जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षका तारा मैनाली ।
२.जिल्ला रौतहट चन्द्रनगर नगरपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षकी रहुमाया मगर ।
३.जिल्ला मकवानपुर हैटौडा उपमहानरगपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षकी राधिका चौलागाई ।
४.जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २२ को धलेशा मैनाली ।
५.जिल्ला नवलपरासी गैडाकोट नगरपालिका-६ निवासी ४१ की सर्मिला माया स्याङतान ।
६.जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-८ निवासी १५ वर्षीया १५ की प्रन्जु गौतम ।
७.जिल्ला मकवानपुर पिपले बस्ने चन्द्रदेवी चौलागाई ।
८.मकवानपुर पिपले निवासी बस्ने अं बर्ष ६५ की माया देवी ढकाल ।
९. जिल्ला सर्लाही बागमती नगरपालिका-६ बस्ने ३७ की सिट मकर गिरी ।
१०.सर्लाही बागमती-६ निवासी ३७ वर्षकी सरवस्ती घिमिरे ।
११.जिल्ला मकवानपुर हेटौडा-७ बस्ने ३१ वर्षकी बिन्दु बुढाथोकी ।
१२. हेटौँडा-५ बस्ने ३१ वर्षीया माया ढकाल ।
१३.जिल्ला मकवानपुर हेटौडा-७ बस्ने वर्ष ३१ की प्रमेश्वरी दाहाल ।
१४ जिल्ला रौतहट चपुर-६ बस्ने वर्ष २७ की बिशाल कुशवार ।
१५ मकवानपुर हेटौडागढी -५ बस्ने बर्ष ४१ की ममता दाहाल ।
१६. हेटौडा-५ बस्ने बर्ष १८ को समिर माझी ।
१७.हेटौँडा-५ कै बर्ष २० की रुजुमा माझी ।
१८.हेटौडा-८ समारी बस्ने बर्ष २५ की सामना तिमिलसिना ।
१९.सोही ठाँउका वर्ष २९ की मुन्ना तिमलसिना ।
२०.बस चालक चितवन राप्ती नगरपालिका-२ बस्ने बर्ष ४० को राम बहादुर तामाङ ।
२१.रौतहट चन्द्रपुर-६ बस्ने बर्ष २१ की रिता राई ।
२२.सोही ठाँउकी बर्ष ५३ की तिलमाया थापा ।
२३.तनहूँ बस्ने बर्ष ६३ की मनमाया तामाङ ।
२४.रौतहट चन्द्रपुर-८ निवासी बर्ष ४५ की प्रमिला मैनाली ।
२५.मकवानपुर आमभज्याङ बस्ने वर्ष ४२ की पबित्रा दाहाल ।
२६.धादिङ त्रिपुरासुन्दरी-४ घर भइ हाल भरतपुर महानगरपालिका-७ बस्ने वर्ष ६५ की कृष्ण बहादुर बुढाथोकी ।
२७ .कृष्ण बहादुरकी छोरी वर्ष ३१ की माया बुढाथोकी ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको र उनीहरुको पर्सा तथा हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।