अधिकार सम्पन्न प्रदेशका लागि आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको नेता निधिको भनाइ

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संविधानको कार्यान्यावयनका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् ।

जलेश्वरमा सोमबार भएको एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले सात वटै प्रदेश सरकारलाई आफ्नो शासन आफ्नो प्रशासन सञ्चालनका लागि संघीय सरकारसंग अधिकार लिनका लागि आन्दोलन गर्नुपर्ने बताए ।

कांग्रेसका नेता शहीद स्व. शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान र सो भित्र उल्लेखित व्यवस्थाहरुलाई बचाउन कांग्रेस आफै अग्रसर भएर नेतृत्व लिनुपर्ने आवश्यक रहेको बताए ।

उनले भने, ‘मधेश प्रदेश सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजित रुपमा बनाइँदै छ, यसलाई अधिकार सम्पन्न बनाउनका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।’

विगतमा भएको विभिन्न खाले संर्घष र त्यसपछि भएको संयुक्त आन्दोलनबाट नेपाली कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक व्यवस्थासहितको संविधान जारी भएको स्मरण गर्दै स्व. शिवचन्द्र मिश्र, शहीद दुर्गानन्द झालगायतका विभिन्न नेता तथा योद्वाहरुलाई उनले सम्झे ।

उनले संघीय व्यवस्थाविरुद्व हुने कुनै पनि कदमलाई स्वीकार्न नसकिने बताए ।

गणतन्त्रवादी नेता शहीद दुर्गानन्द झाका उनका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरु स्मरण गर्दै नेता निधिले स्व. मिश्रको उच्च सम्मान गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै