ट्रेन्डिङ

वीरगन्ज कपडा बैँकद्रारा आज पनि लत्ताकपडा तथा साडी वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैँकले छठ पर्वको अवसरमा साडी तथा लत्ताकपडा वितरण गरेको छ । घण्टाघर परिसरमा कपडा बैँकले सोमबार व्रतालुहरुका लागि २५ थान नयाँ साडी तथा ११ सय थान पुरानो कपडा वितरण गरेको हो ।

प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान साढे १० बजेदेखि ५ बजेसम्म वीरगन्ज वडा नम्बर ८ स्थित आफ्नो कार्यालयबाट निशुल्क रुपले कपडा वितरण गर्दै आएको छ ।

संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, सुश्मा तिवारी, अखिलेश तिवारी, मिन्टु सिंह र समाजसेवी हुकुम सिंह, वीरगन्ज कपडा बैंकका मनोज मिश्रा, मोनिका सिंह, प्रकाश थारु, राजेन्द्र भट्टराई, युवा अभियान्ताहरु केदार गुप्ता, रियान्स सिंह राजपुत , सतिस सिंह राजपुत, राजेश श्रीवास्तव, जनमत पार्टीका  नेता ओम प्रकाश सरार्फ, सामुदायिक प्रहरी कुम्हाल टोलका सचिव श्रवण रायमाझी, सदस्यहरु निला राम, जानकी देवि, अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता कुर्मिले भने, ‘दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्यले वीरगन्न कपडा बैँकको स्थापना भएको हो । तपाइहरु जो संग धेरै कपडा छ, हामीलाइ दिनुस् र जसलाइ कपडाको आवश्यकता छ, उनीहरुले हामीसँगबाट लैजानुस् । भन्ने मुलमन्त्र अंगालेर विगत ६ वर्षदेखि नागरिकहरुलाइ घर आगनमा पुगि निशुल्क कपडा उपलब्ध गराएका छौ ।’

उनले आफ्नो कमाइको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवा तथम दिन दुखीको सेवामा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गरे ।

वीरगन्ज कपडा बैँकको यो कार्य प्रशंसनीय रहेको भन्दै उनले सहयोगी सम्पूर्णदाताहरुमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै