
राैतहट । पेस्तोलसहित रौतहटबाट एकजना भारतीय नागरिक क्राउ परेका छन्। विशेष सुचनाको आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार उनलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षका राजेश सिंह रहेका छन् । राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमपुरी गाँउस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा जाँच गर्दा शौचालय बाहिरबाट पेस्तोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरीले शौचालय माथि एकथान नलकटुवा पेस्तोल, ८ एमएम को ३ थान गोली र १ थान खोका समेत बरामद गरेको बतायो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । पेस्तोलसहित पक्राउ परेका सिंहलाइ जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनायो ।