ट्रेन्डिङ

सजाइदै छठ पर्वका लागि जनकपुरधामका तलाउहरु

जनकपुरधाम । तराइँमा हर्सोल्लाषपूर्वक मनाइने महान् पर्व छठको तयारी तीव्ररुपमा गरिँदै छ । दीपावली सकिएलगत्तै तराइ÷मधेशका मा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् । भने विभिन्न तलातलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।

अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका मुख्य बजारहरुमा किनमेलका लागि चहलपहल पनि बढेको छ । छठ पर्वमा माटोबाट बनाइएको घैँटो, हात्ती, बाँसबाट बनाइएको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ ।

छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्रीसमेत खरिद गरिन्छ ।

छठपर्व मनाउनका लागि विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।

जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर, अंगराजसर सागर, अग्निकुण्ड, दुधमति नदीलगायतका तलाउजस्ता विभिन्न स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिदैँछ । स्थानीय युवा क्लब र समितिको अग्रसरतामा जनकपुरधामका विभिन्न तलाउ, पोखरी तथा सरोबरलाई सिंगार्नमा व्यस्त देखिएका छन् ।


छठ पूजाका लागि जनकपुरधामका व्रतालुहरू सूर्यास्तलाई अघ्र्य दिइ राति पूजा स्थालमै बस्ने गर्छन् भने त्यसको भोलिपल्ट बिहानै घाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउने गर्छन् ।

छठ पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्र लाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिई छठ पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै