ट्रेन्डिङ

पुल हाउस सन्चालकको हत्या आरोपमा बाराका एक युवक पक्राउ

१२ भदौ,वीरगञ्ज । बाराका एक जना युवक शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर १० साइबाबा पार्क बस्ने एमके कुमार पक्राउ परेका हुन् ।

उनलाइ बुधबार बिहान सवा १० बजे उनको कोठाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेलेका अनुसार भदौ १० गते बिहान राति करिब १ः५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो।

सो पुल हाउस वान्तवाले नै सञ्चालन गर्दै आएका थिए। पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा बिहान साढे २ बजे मृत्यु भएको थियो।

वान्तवालाई शरीरका विभिन्न भागमा रड प्रहार गरिएको थियो। कुमारको कोठाबाट घटनामा प्रयोग भएको रडसमेत बरामद भएको प्रहरी बताँउछ । वान्तवाको पूर्वरिसिइबीको कारण हत्या भएको खुलेको प्रहरीको भनाई छ ।

कुमार साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए। तर, उक्त रिसिइबीबारे सबै स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै