ट्रेन्डिङ

निर्माणाधीन घरको पर्खाल भत्किदाँ सर्लाहीमा एक जना मजदुरको मृत्यु

सर्लाही । निर्माणाधीन घरको पर्खाल भत्किदाँ सर्लाहीमा एक जना मजदुरको ज्यान गएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।

जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा बसवरिया गाउँपालिका वडा नम्बर ३ बगलवाका १७ वर्षीय रविन माझी रहेका प्रहरीले जनाएको छ ।

पर्खाल भत्किदाँ उनी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते उनको बरहथवास्थित भेनस अस्पतालमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानबारी दिएको छ ।

घटनामा बरवरिया गाउँपालिका वडा नम्बर ३ क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै