
वीरगन्ज । बारा प्रहरीले डेढ महिना कैद भएको एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जीतपुरबाट खटिएको प्रहरीको टोलीले अदालतबाट डेढ महिना कैद भएको फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुर निवासी सुनिल महतोलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार विशेष सूचनाको आधारमा लुकीछिपी बस्दै आएका महतोलाई पक्राउ गरिएको हो ।
उनले भने, ‘बारा जिल्ला अदालतले महतोलाई एक महिना १५ दिनको कैद सजायको फैसला गरेको छ, साथै ५ हजार जरिवानाको पनि फैसला छ । अदालतको यो फैसाल आएपछि उनी फरार भएका थिए । तर हामीले आएको सूचना अनुसार जाँच गर्दा पक्राउ परेका हुन ।’
पक्राउ परेका महतोमाथि चोरी मुद्दा लागेको थियो । उनलाई थप कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।