‘फ्रन्ट’ मा बसेर हरेक क्षेत्रको नेतृत्व गर्न मधेशका सिएम सतिस सिंहले गरे आहवान

रौतहट । मधेस सरकारका मुख्यमन्त्री (सिएम) सतिस सिंहले ‘फ्रन्ट’ मा बसेर हरेक क्षेत्रको नेतृत्व गर्न युवाहरुसमक्ष आहवान गरेका छन् । राजनितिक, आर्थिक एवम् सामाजिक लगायत हरेक क्षेत्रमा ‘फ्रन्ट’ बाट भुमिका निर्वाह गर्न उनले आहवान गरेका हुन् ।

‘एस टुगेदर वि क्यान’ को आयोजना तथा नयाँ दियालो युवा क्लबको सहकार्यमा राैतहटको गाैरमा आयोजित  “राैतहट युवा संवाद २०८१” को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनका अनुसार भविष्यको पिएम, सिएम, मिनिस्टर, सांसद र विधायक सबै आजका युवाहरु नै हुन् ।

लागू औषधको सेवन गर्ने युवाहरुलाइ सहि मार्गमा ल्याउनतर्फ गाइड गर्न मुख्यमन्त्री सिंहले शिक्षित युवाहरुँग आग्रह समेत गरेका छन् ।

कुलतमा फसेका युवालाई जोगाउन मधेस सरकार तम्तयार रहेको बताउदैँ उनले भने, ‘युवाको उपस्थितिलाई हाैसला दिन प्रदेश सरकारले लोकसेवा आयोगलाई कृयाशिल पारेको, उनीहरुलाइ रोजगार प्रदान गरि आत्मनिर्भर बनाउन हरेक पालिकामा कृषि बजार निर्माण, सबै जिल्लाहरुमा माेडर्न स्कुल स्थापना, फिल्म सिटी, एजुकेसन पार्क बनाउने लगायतका कार्य अघि बढाइएको छ ।’

‘वैदेशिक राेजगारीमा गएका युवाले पठाएको रेमिटान्सबाट देश चलेको छ भने कुरामा कसैको दुई मत छैन । अब नेपालबाट युवा राेजगारीको शिलशिलामा विदेश जादैन भने अवस्था छैन,’ उनले भने ।

स्वदेशमै राेजगारीको अवसर प्रदान गरेर मात्र युवालाई विदेशिनबाट राेक्न सकिने सिएम सिंहको विश्वास छ ।

गाैर नगरपालिकाका नगरप्रमुख शम्भु साहले राेजगारीकै अभावमा युवाहरु विदेशिन वाध्य भएको गुनासो गरे ।वर्तमान सरकारसँग ठोस भिजन नहुँदा हरेक क्षेत्रमा देश पछाडी परेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै